२ मंसिर २०८१, आईतवार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।
आइतबार दिउँसो नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
बैठकमा नेकपाको आन्तरिक कार्यविभाजन अन्तर्गत जिल्ला इन्चार्जहरू, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका विषय टुंगो लगाउने बताइएको छ ।
यसअघि नै ३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ ।
आजको विषयलाई लिएर शनिबार साँझ पूर्व एमालेको बैठक बसेको थियो भने आज बिहान पूर्व माओवादीको बैठक प्रचण्डको निवास खुमलटारमा बसेको थियो ।