१० मंसिर २०८१, सोमबार
सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका ८४ रनको लक्ष्य दिएको छ ।
वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनायो ।
मलेसियाका लागि सायद अजिजले ३०, भिरनदिप सिंहले २१, अहमद फैजले ९, अमीनीद्दीन रमलीले ५ र मोहम्मद शहदातले १ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३, बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १/१ विकेट लिए ।