तिब्बतको १६ किलो सुन गोरखाको ओडारमा भेटियो

होमल्याण्ड खबर

२०७६ श्रावण ९ गते, बिहीबार १४:११ मा प्रकाशित

तिब्बतबाट खच्चडमा ल्याएको १६ किलो सुन गोरखा धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा बरामद भएको छ ।

२७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार लुटेराले लुट्न खोजेपछि धनकमलले उक्त सुन ओडारमा लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गएको २७ दिनदेखि हराइरहेका धनकमललाई खोज्न परिवारले प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले बुधबार नै उनलाई पक्राउ गरेको थियो ।