१० मंसिर २०८१, सोमबार
सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप छनोट एसिया अन्तर्गतको निर्णायक खेलमा सिंगापुरले नेपाललाई ८३ रनले पराजित गरेको छ । १९२ रनको चुनौती लिएर ब्याटिङमा उत्रिएको नेपालले सुरुवाती प्रदर्शन राम्रो गरेको भएपनि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि सम्हालिन सकेन । सिंगापुरका बलर जमेपछि नेपालले पुरै ओभर समेत खेल्न पाएन । नेपाल १५ ओभरमा सवै विकेट गुमाउँदै १०९ रनमा समेटियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । नेपालका लागि अविनाश बोहोराले ४ र करण केसीले २ विकेट लिएका थिए ।