२ मंसिर २०८१, आईतवार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसद बैठक अवरुद्ध गरेका छन् ।
सोमवार बसेको प्रतिनिधिसभाको बैठकको शुरूमै कांग्रेस र राजपा सांसदहरू उठेर विरोध जनाएका थिए । उनीहरूलाई समय नदिइ सभामुख कृष्णबहादुर महराले शून्य समयको कारवाही प्रारम्भ हुने बताएपछि कांग्रेस र राजपाका सांसदहरू वेलमा आएका अवरोध गरेका हुन् ।
संसदीय छानविन समितिको माग गरेका कांग्रेस र राजपाले संसदीय सर्वोच्चताको नारा लगाउदै वेलमा आएका थिए ।
सर्लाही घटनाको संसदीय छानविन समिति गठन र मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै आएका छन् ।