२ मंसिर २०८१, आईतवार
प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख कृष्णबहादुर महराले आज बिहीबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।
सदनको गतिरोध अन्त्यका लागि समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सभामुख महराले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
सर्लाही घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सभामुख महराले मध्यमार्गी विकल्प अगाडि सारेका हुन् ।
यस्तै बुधबार लामो समयपछि विपक्षी दलले सभामुख वा उपसभामुखमध्ये एक फरक दलको हुनुपर्ने धारणालाई पुनः उठाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकअघि छलफल गर्ने समय तय भएको सभामुख महराले जानकारी दिए ।
बैठकमा सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपालगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको जनाइएको छ ।