२ मंसिर २०८१, आईतवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकार आफ्नै कारणबाट अप्ठ्यारोमा परेकाले योगेश भट्टराईललाई मन्त्री बनाएको बताएकी छन् ।
बुधबार मात्र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका भट्टराईललाई भुंग्रोमा हालेको भन्दै झाँक्रीले यस्तो प्रतिकृया दिएकी हुन् ।
सामाजिक संजाल ट्विटर मार्फत ट्विट गर्दै उनले भनेकी छन्, ‘आफ्नै कारण अप्ठयारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो । जसको कारण योगेश दाइलाइ मन्त्री बनाइयो । सरकार अलोकप्रियताको भुंग्रोमा छ । दाइ त्यही भुंग्रोमा पर्नुभयो अहिले । मेरो आमा भन्नुहुन्थ्यो, जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ ।
हो योगेश भट्टराई भूग्रोबाट निस्कनुपर्छ बधाइ तथा शुभकामना ।’
नेत्री झाँक्रीले यसअघि नवनियुक्त पर्यटनमन्त्री भट्टराईलाई मन्त्री नबन्न पटक–पटक सुझाव दिँदै आएको कुरा विभिन्न संचारमाध्यमहरुमा आएको थियो ।