२ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साढे २ बज्दा पनि बस्न सकेन

होमल्याण्ड खबर

२०७६ श्रावण १६ गते, बिहीबार १४:३२ मा प्रकाशित

केही दिनदेखि गतिरोध भएको प्रतिनिधिसभाको बैठक आज २ बजे बस्ने भनिएतापनि अहिले २ बजेर ३० मिनेट जाँदा सम्म पनि बैठक बस्न सकेन ।

प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख कृष्णबहादुर महराले आज सर्वदलीय बैठक आह्वान गरेका थिए ।

विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका बेला सभामुख महराले मध्यमार्गी विकल्प अगाडि सारे पनि सहमित जुट्न सकेन । साे कारणा अहिलेसम्म पनि बैठक बस्न सकिरहेको छैन ।

सर्लाही घटना लगाएतका अन्य विभिन्न घटनाका सम्बन्धमा छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका छन् ।

यद्यपि बिहीबारको प्रतिनिधिसभा बैठकअघि छलफल गर्ने समय तय भएको सभामुख महराले जानकारी दिएका छन् ।

बैठकमा सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपालगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको जनाइएको छ ।