फिफा महिला विश्वपकपमा अर्काे संस्करणबाट ३२ टोली

होमल्याण्ड खबर

२०७६ श्रावण १७ गते, शुक्रबार १२:३३ मा प्रकाशित

एजेन्सी । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले महिला विश्वकपमा भाग लिने टिमको संख्या बढाएको छ । अब महिला विश्वकपमा ३२ टोलीले सहभागिता जनाउने भएका छन् ।

फिफाले सन् २०२३ को विश्वकपबाट ३२ टोलीलाई आठ समूहमा विभाजन गरी खेल खेलाउने भएको हो । यसअघि भर्खरै सम्पन्न भएको महिला विश्वकपमा २४ टोलीले सहभागिता जनाएका थिए । 

“भर्खरै फ्रान्समा सम्पन्न भएको फिफा महिला विश्वकपले अद्भूत सफलता हात पार्यो । महिला विश्वकपलाई अझ सबैसामु परिचित गराउन र यसलाई विकास गर्नको लागि टिम थपिएको हो,” फिफाका अध्यक्ष गिआइनी इन्फन्टिनोले भने ।