१० मंसिर २०८१, सोमबार
तेस्रो संस्करणको खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता आगामी कात्तिक पहिलो साताबाट चितवनमा हुने भएको छ । प्रतियोगिता चितवनको रत्ननगर नगरपालिकामा कात्तिक एक र दुई गते हुनेछ ।
प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समूहले प्रतिस्पर्धा गर्नेछन् । साथै पुम्सेमा पुरुषको ५ र महिलाको ४ गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ । सबै गरेर ६५ स्वर्ण, ६५ रजत र १३० कास्यका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी गराएको छ ।
च्याम्पियन्सिपमा रिनियर पुरुष र महिलाको ६–६ तौल समूहको प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन पुरुष र दुई महिलाले जनही एक–एक लाख पुरस्कार पाउने छन् । उत्कृष्ट पाँच खेलाडीले २०२० मा अमेरिकामा हुने १३ औँ अन्तरराष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा भाग लिने मौका पाउनेछन् ।