२ मंसिर २०८१, आईतवार
उपचारको लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किने भएका छन् ।
स्वास्थ्य परीक्षण सकिएको र स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी आइतबार स्वदेश फर्किने भएका हुन् ।
उनका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम तय भएपनि उनी अस्पतालमै बस्नुपर्ने भएकाले उनको मोदीसँग भेटवार्ता हुन सकेन ।
प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराइरहेका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ गते ९ सदस्यीय टोलीसहित सिंगापुर गएका थिए ।