कश्मीरमा भारतले गरेको कडाइप्रति संयुक्त राष्ट्रसंघको गम्भीर चासो

होमल्याण्ड खबर

२०७६ श्रावण २३ गते, बिहीबार १३:१५ मा प्रकाशित

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले काङ्ग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेसलाई एकजुट बनाउने नेतृत्व आवश्यक रहेकामा जोड दिए ।
“काङ्ग्रेसलाई नयाँ दिशा दिनसक्ने सभापति अबको महाधिवेशनबाट निर्र्वािचत हुनुपर्छ”, महामन्त्री कोइरालाले भने, “त्यसका लागि कार्यकर्ताले आजैदेखि मानसिकता बनाउनुपर्छ ।” पार्टीभित्र रहेको गुट÷उपगुट अन्त्य गर्दै काङ्ग्रेसलाई एक ढिक्का बनाउने नेतृत्व कार्यकर्ताले रोज्नुपर्ने उनले बताए ।

“मैले यसो भनिरहँदा पार्टी सभापति शेरबहादुको विरोध गरेको होइन,” उनले भने, “तर पार्र्टीिभत्र नेतृत्व परिवर्तनको खाँचो छ, नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षको व्यक्ति म हुँ ।” काङ्ग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी गर्दै महामन्त्री कोइरालाले हारे आफ्नै कारणले मात्र हार्ने ठोकुवा गरे ।

उनले पार्टीको प्रदेश संरचना गठन हुन बाँकी रहेकाले प्रदेशको संरचना टुङ्गो लगाएपछि पार्टीको महाधिवेशन हुने जानकारी गराए । “अहिले प्रदेशमा चुनाव गराएर भन्दा पनि सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्नेतर्फ पार्टीमा छलफल भइरहेको छ,” उनले भने ।
उनले मातृशोकमा रहनुभएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई आज नै भेटी समवेदना प्रकट गरेका छन् । कोइरालाले दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई समवेदना व्यक्त गरेका हुन् ।