यू–१८ साफमा नेपाल समूह ‘ए’मा, पहिलो खेल पाकिस्तानसँग

होमल्याण्ड खबर

२०७६ श्रावण २३ गते, बिहीबार १६:४४ मा प्रकाशित

घरेलु मैदानमा आयोजना हुन लागेको यू–१८ साफ च्याम्पियनसिपमा नेपाल समूह ए मा परेको छ । आज सार्वजनिक तालिकाअनुसार समूह ए मा परेको नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । 

नेपालसँगै समूह ए मा पाकिस्तान, भुटान र माल्दिभ्स छन् । समूह बी मा बंगलादेश, भारत र श्रीलंका छन् । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो खेल पाकिस्तान, दोस्रो खेल माल्दिभ्स र अन्तिम खेल भुटानसँग खेल्नेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । यू–१८ साफ च्याम्पियनसिप हलचोकस्थित सशस्त्रको खेल मैदानमा असोज ३ गतेबाट १२ गतेसम्म चल्नेछ ।