१४ मंसिर २०८१, शुक्रबार
काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरीमामा गोली चलेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
पक्राउ गर्न खोज्दा प्रतिकार गरी भाग्न खोजेपछि बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर नियन्त्रण लिइएको उनको घुँडामुनि गोली हानीएको बताइएको छ । साथै उनीसँगै रहेका अमृत तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोली लागेका तामाङलाई उपचारका लागि वीरको ट्रमा सेन्टर लगिएको छ । उनले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई बारम्बार धम्की दिँदै २ करोड रुपैयाँ मागेका थिए ।