२५ फाल्गुन २०८२, सोमबार
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सांसद देबेन्द्र कँडेलले भुपु गोर्खा सैनिकका सन्तानलाई वंशजको नागरिक दिनुपर्ने माग गरेका छन्।
शुक्रबार राजधानीमा भुतपुर्व सैनिक कल्याणकारी समिति नेपाल एवं ब्रिटिश गोर्खा नेपाली नागरिकताको निरन्तरता संघर्ष समिति बेलायतरनेपाल को आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद कँडेलले यस्तो बताएका हुन् ।


गोर्खा सैनिकले बिश्वमा नेपाललाई चिनाईरहेको बताउँदै उनले नेपाललाई बिश्वमा जसरी गौतम बुद्ध र सर्वोच्च शिखर सगरमाथाले चिनाइ रहेका छन् त्यसरी नै गोर्खा सैनिकले पनि नेपाललाई चिनाउने काम गरेकोले उनका सन्तानहरुलाई वंशजको नागरिकताबाट बन्चित गराउन नहुने तर्क गरे।