२ मंसिर २०८१, आईतवार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौला (पन्त) ले जनतालाई अपमान र राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलाई नभएको बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले सत्ता पक्षका नेताहरुले प्रजातान्त्रिक आन्दोलनको अपमान गरिरहेको आरोप लगाउँदै यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘अपमानको नेतृत्व वर्तमान सरकारका नेताहरुले गरिरहेका छन् । यो भन्दा ठूलो चुनौती प्रजातन्त्रका लागि के हुन सक्छ रु प्रजातान्त्रिक आन्दोलनको अपमान, जनतालाई अपमान, राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलाई हुँदैन ।
‘२००७ सालको आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनायो ।
२०४६ सालको आन्दोलनले राजालाई खोरभित्र राख्यो । ०६२–०६३ सालको आन्दोलनले राजालाई विदा गरी सिंहदरबारको अधिकार गाउँमा पुर्यायो’ भन्दै संग्रौलाले परिवर्तनका लागि बगाएको रगतको सत्ता पक्षीय नेताहरुले अपमान गर्न नहुने बताइन् ।