२ मंसिर २०८१, आईतवार
उपनिर्वाचनमा ५ सय ५० मतदान केन्द्र हुने भएको छ । विभिन्न कारणले खाली भएको ठाउँमा निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्न लागेको हो ।
देशमा अहिलेसम्म प्रतिनिधिसभा १, प्रदेश सभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्लाका ४१ वडाध्यक्षको पद खाली रहेको छ । पदपुर्तिको लागि आयोगले उपनिर्वाचन गर्न लागेको हो ।
५४ वडामा निर्वाचन हुने भएको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेल जानकारी दिए । रिक्त रहेका ५० पदका लागि पाँच सय ५० मतदान केन्द्र राख्ने तयारी भएको बताए । उपनिर्वाचनमा करिब ५ लाख मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । उपनिर्वाचनमा मतदान गर्न साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकले मात्र मतदान गर्न पाउने आयोजले जनाएको छ ।
मतदाता नामावली ऐन २०७३ को दफा ६(ख)मा मतदाताको उमेर १८ वर्ष पुग्नुपर्ने मिति निर्वाचन आयोगले तोक्नुपर्ने व्यवस्था छ । त्यही प्रावधानअनुसार आयोगले मतदाता १८ वर्ष पुग्नुपर्ने मिति १६ साउनलाई तोकिएको छ ।
आयोगले अर्को व्यवस्था नभएसम्मका लागि १७ साउनदेखि मतदाता नामावली दर्ता रोकेको जनाएको छ । उपनिर्वाचनमा ४६ जना मतदान अधिकृत हुनेछन् ।