नेकपामा देखिएको विवाद टुंगिएन: आज बस्ने भनिएको बैठक फेरि सर्यो

होमल्याण्ड खबर

२०७६ श्रावण २९ गते, बुधबार १३:४० मा प्रकाशित

पछिल्लो समय आन्तरिक विवादमा अल्झिदै गएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बैठकहरुसमेत बस्न नसकेर प्रभावित हुँदै आएका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली विदेश भ्रमणबाट फर्किएपछि बैठक बस्ने भन्दै यसअघि सर्दै आएको बैठक मंगलबार बस्ने तय भएको तियो तर बस्न नसकेन र बुधबारका लागि सारियो आज पनि विवादित विषयमा अध्यक्षद्वयबीच नै सहमति नजुटेको भन्दै बैठक स्थगित गरिएको हो ।

अधिकांश विषय सहमति नजिक भए पनि स्कुल विभागका विषयमा दुवै अध्यक्षबीच पनि कुरा नमिलेपछि बैठक सरेको सर्यै गरेको छ । बैठक बिहीबार बस्ने जनाइएको छ ।

नेकपाको ३३ विभाग, विभिन्न आयोगहरु, जनवर्गीय संगठनका इन्चार्ज, सह–इन्चार्ज लगायत टुंगो लगाउन बाँकी छ ।

 यसमा सहमति जुटाउन अध्यक्षद्वयबीच बुधबार बिहान बालुवाटारमा बैठक बसेको भए पनि सहमति हुन सकेन ।