२ मंसिर २०८१, आईतवार
विभिन्न समयमा मिति तोकेर सारिदैं आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै हिजो स्थगित भएको बैठक आज (शुक्रवार) बिहान सवा ११ बजेपछि प्रधानमन्त्री निवासमा शुरू भएको हो ।
बैठकमा पार्टीका केन्द्रीय विभागहरूको नेतृत्व टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ ।
विशेष गरी स्कूल विभागको नेतृत्व कसले गर्ने भन्ने विषयमा टुंगो लगाउन नेकपालाई हम्यहम्य परिरहेको छ । रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठको दाबीका कारण लामो समयदेखि यो विभाग टुंगाउन सकिएको छैन ।