२ मंसिर २०८१, आईतवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले उपाध्यक्षमा बामदेव गौतमको नाम प्रस्ताव गरेका छन् ।
पार्टीको एकीकरण गर्दा दुई अध्यक्ष र एक महासचिव पद मात्रै व्यवस्था गरिएकोमा शुक्रबार बसेको बैठकले थप एक उपाध्यक्षको पद पनि सिर्जना गरेको हो ।
अध्यक्षद्वयले उपाध्यक्षमा बामदेव गौतमको नाम प्रस्ताव गरे पनि पार्टीको स्थायी कमिटी बैठकले उक्त प्रस्तावको अनुमोदन गरेपछि मात्र गौतम पार्टीको उपाध्यक्ष बन्ने भएका छन् ।
बैठकमा अध्यक्षद्वयले राखेको प्रस्ताव संगठन विभागको जिम्मेवारी सहितको उपाध्यक्ष पदको विषयमा कसैले पनि विरोध नगरेको स्रोतले बताएको छ ।