२ मंसिर २०८१, आईतवार
राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगेका हुन् ।
पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत राष्ट्रपतिले भूमिका खेलेको चर्चा भइरहेका बेला राष्ट्रपतिले अध्यक्ष प्रचण्डलाई भेटवार्ताका लागि शितलनिवास बेलाएको बताइएको छ । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीका कार्यकारी अध्यक्ष बनेका प्रचण्ड र राष्ट्रपति भण्डारीबीच भेटवर्ता भएको हो ।