२ मंसिर २०८१, आईतवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बाराहीमा बस्ने केन्द्रीय सचिवालय बैठक बिहान ११ बजेलाई सरेको छ । आज दिउसो एक बजे तय गरिएको सो बैठक बिहान ११ बजेका लागि सारिएको हो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक सचिवालय बैठक बोलाएका छन् ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकिकरणको १५ महिनापछि कार्यकारी अधिकार पाएका अध्यक्षले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् ।
उपचारको लागि सिंगापुर गएका अर्का अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्षको जिम्मेबारी प्रचण्डलाई दिएका थिए ।
बैठकले महानगर कमिटीका पदाधिकारी, प्रवास र केही आयोगका प्रमुख उपप्रमुख टुंग्याउने बुझिएको छ ।