२ मंसिर २०८१, आईतवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकलेविभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गर्दै सम्पन्न भएको हो ।
बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
पराजुली र धमला तत्कालिन नयाँ शक्ति पार्टीबाट र राई विप्लव समूहबाट केहीमहिना अघि नेकपा प्रवेश गरेका हुन् ।
नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको छ ।
साथै आजको बैठकमा कार्यकर्तासम्मलाई पार्टी र नेताको बिषयमा सार्वजनिक आलोचनामा प्रतिवन्ध लगाएको छ ।
सचिवालय बैठकले पार्टी नेता कार्यकर्ता आफूभित्रकै नेता कार्यकर्तामाथि जाइलाग्न थालेको निश्कर्षसहित सार्वजनिक टिकाटिप्पणीमा प्रतिबन्ध लगाएको हो ।
बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।