कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैः भातृ तथा शुभेच्छुक संगठनको विषयले प्रवेश पाउने

होमल्याण्ड खबर

२०७६ भाद्र ११ गते, बुधबार १३:५६ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केही वेरमा सुरु हुँदैछ ।

पार्टी केन्दीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु हुन लागेको हो ।

आजको बैठकमाअसार २२ को केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेका १४ प्रस्तावमाथि छलफल हुने क्रममा भातृ/शुभेच्छुक संस्थाको विधान संशोधन र कार्यसमितिको मान्यता प्रदान गर्न आजदेखि छलफल सुरु हुने भएको केन्द्रीय सदस्य सिता गुरुङले जानकारी दिइन् ।

यस्तै, बैठकमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल थाल्ने तयारी भएको उनको भनाई थियो ।