९ मंसिर २०८१, आईतवार
जिल्लाको उत्तरी भेगमा रहेका चार स्थानीय तहका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रिँदा टेलिफोन सेवा अवरुद्ध भएको छ ।
साबिकका ११ गाविसमा रहेका नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा एक सातादेखि खराबी आएपछि स्थानीयवासी सम्पर्किवहीन बनेको नेपाल प्रेस युनियनका जिल्ला शाखाले जनाएको छ । सो जानकारी अनुसार लगातारको मौसम बदलीसँगै टेलिकमको टावरले काम गर्न छोडेपछि साबिकका ११ गाविसका स्थानीय सम्पर्किवहीन बन्न परेको हो । साबिकका ११ गाविसका लागि निर्माण भएको टावरको नेटवर्कले बेलुकी ५ बजेदेखि भोलिपल्टको बिहान १० बजेसम्म घाम नलागुन्जेलसम्म नेटवर्कले काम नगर्ने समस्या हुँदाहुँदै पनि एक सातादेखि टावरमा खराबी आएर टेलिफोन सेवा नै अवरुद्ध हुँदा कसैको ध्यान नगएको स्थानीयवासीको गुनासो छ ।