२ मंसिर २०८१, आईतवार
सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आज नेकपाका दुई नेता सिंगापुर जाँदैछन् ।
प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न नेकपाका नेता वामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जान लागेका हुन् ।
उनीहरु आज दिउँसो १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । दुवै नेता प्रधानमन्त्रीसँगै फर्किने योजनाका साथ जान लागेका हुन् ।
गत भदौ ५ गते स्वास्थ्य परीक्षणको फलोअपका लागि पुनः सिंगापुर गएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घटाउने अन्तिम उपचार हुँदैछ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सातौं चरणको उपचार प्रकृया बुधबार सकिने र शुक्रबार स्वदेश फर्किने फर्कने कार्यक्रम छ ।