१० मंसिर २०८१, सोमबार
ज्ञानेन्द्र मल्लले ओमानमा आयोजना हुने टि–ट्वान्टी सिरिज गुमाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान समेत रहेका मल्ल पाँच राष्ट्रबीच हुने टी–ट्वान्टी क्रिकेट सिरिजमा सहभागि नहुने भएका हुन् ।
नेपाली राष्ट्रिय टोलीका मिडिया म्यानेजर सुरज शाक्यका अनुसार उनले आफ्नै व्यक्तिगत कारणले सिरिज नखेल्ने भएको बताएका छन् । आयोजक ओमानसँगै नेपाल ओमान, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङले सहभागिता जनाउने छन् ।
असोज १८ देखि २३ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ ।