१० मंसिर २०८१, सोमबार
किर्गीस्तानमा आयोजना हुने ‘नादेझ्दा कप’ फुटबलका खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीको बिदाई गरिएको छ । बुधबार अखिल नेपाल फुटबल संघ –एन्फा) ले नादेझ्दा कप खेल्न जाने नेपाली टोलीको बिदाई गरेको हो ।
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीमा रहेको नेपाली टोलीले त्यसअघि नादेझ्दा कप खेल्न लागेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव कुमार सिलवाल र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बिदाई गरेका हुन् ।
प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक किर्गिस्तानसँग भदौ २२ गते खेल्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । एन्फाले यसअघि नादेझ्दा कपका लागि सागको बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट १८ सदस्यी टोलीको घोषणा गरेको थियो ।