२४ जेष्ठ २०८३, आईतवार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ ।
जग्गा प्रकरणबारे छानबिन गरिरहेको आयोगले सार्वजनिक सूचना जारी गर्दै उनीहरुलाई ७ दिनभित्र उपस्थित हुन भनेको छ ।


जग्गा प्रकरणमा जोडिएका व्यक्तिहरूको बयान लिइरहेको अख्तियारले छुटेका ५८ जनाको नाम बुधबारको गारेखापत्रमा प्रकाशित गर्दै सोधपुछका लागि बोलाएको हो ।
सात दिनभित्र अख्यिारमा उपस्थित नभए कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि सूचनामा दिइएको छ।
अख्तियारमा उपस्थित हुन जारी गरिएको सूचनामा कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार, मनोज कुमार केडियालगायत ५८ जनाको नाम छ ।
कामना पूर्वसेनापति छत्रमान सिंह गुरुङको छोरी तथा व्यवसायी मीनबहादुर गुरुङको बुहारी हुन् । त्यस्तै, अन्य व्यापारी तथा व्यवसायीको नाम पनि बयानका लागि बोलाइएकाहरूको सूचीमा छ ।
बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी जग्गा दुरुपयोग प्रकरण केही महिनादेखि चर्चामा छ । यसबारे केही समयदेखि अख्तियारले छानबिन गरिरहेको छ ।
