आफ्नै बुवा सम्झेर प्रधानमन्त्रीलाई पनि आराम गर्न दिनुपर्छः गगन थापा

होमल्याण्ड खबर

२०७६ भाद्र १८ गते, बुधबार १५:३० मा प्रकाशित

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिरामी अवस्थामा देशको काम भन्दा पनि स्वास्थ्यका लागि आराम गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीलाई आफ्नै बुवा सम्झेर उपचारका क्रममा पनि भिडियो कन्फ्रेन्स गरेर दुःख नदिन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘हामी हाम्रो बालाई भन्छौ बा धपडी नगर्नुस्, धेरै काम नगर्नुस्, तर हामी हाम्रो प्रधानमन्त्री बालाई किन नभन्ने? यो अन्याय नगर्नुस् प्रधानमन्त्रीलाई आराम गर्न दिनुस् । किनकी प्रधानमन्त्रीले नेपालका लागि धेरै काम गर्नुभएको छ, उपचारका क्रममा पनि किन विश्राम नदिने ?’  उनले राष्ट्रका लागि मात्र नभइ शारीरिक स्वास्थ्यमा पनि ख्याल गर्नुपर्ने बताए ।

साथै उनले कांग्रेसको तर्फबाट स्वास्थ्य लाभको कामना गरेका छन् ।