नेपाली कांग्रेसले असोज ७ गते जिल्ला स्तारीय विरोध गर्ने

होमल्याण्ड खबर

२०७६ भाद्र १९ गते, बिहीबार १५:५८ मा प्रकाशित

नेपाली कांग्रेसले असोज ७ गते जिल्ला स्तारीय विरोध गर्ने कार्यक्रम तय गरेको बताएको छ ।

बिहीबार केन्द्रीय कार्यालय सानेमा पत्रकार सम्मेलन मार्फत कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोध कार्यक्रम गर्ने तय भएको बताएको हो ।

प्रवक्ता विश्व प्रकाश शर्माले भदौं २४ गतेदेखि सुरु हुने दोस्रो चरणको जागरणको अभियानको अन्तिम दिन असोज ७ गते आन्दोलन विरोध गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

यस अभियानको अन्तिम दिनमा मूख्य ५ बुँदा देशमा वढ्दो महंगी विरुद्ध, भष्टाचार–वाइड वडी प्रकरण लगायतका विरुद्ध, वढ्दो महिला हिंसा बलात्कार र हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध, कम्युनिष्ट सरकारको सम्पूर्ण प्रशासनका विरुद्ध रहने छन् भने स्थानीय स्तरका मूल मुद्धाहरु समेत उठाइने उनको भनाई थियो ।

यस अभियानमा कांग्रेसका भातृ तथा सुभेच्छुक संस्थाहरुको सहयोग रहने र साथमा लिएर अगाडि बढ्ने पार्टीले बताएको छ ।