२ मंसिर २०८१, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर सिंगापुरबाट आज शुक्रबार स्वदेश फर्कंदै छन् । मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री ओली शुक्रबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्ने जनाइएको छ ।
मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए । नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो । सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री स्वेदश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर गएका नेकपाका नेता विष्णु पौडेल र बामदेव गौतम पनि आजै फर्किँदै छन् ।