२ मंसिर २०८१, आईतवार
नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
आगामी मंसिर १४ गते तोकिएको उपनिर्वाचन प्रयोजनका लागि आयोगमा पुगेर नेकपाले दल दर्ताका लागि निवेदन दिएको हो।
दल दर्ताका लागि परराष्ट्र मन्त्री तथा नेकपाका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, कार्यालय सचिव इश्वरी रिजाल र श्रीराम ढकाल बिहीबार बिहान आयोग पुगेको परराष्ट्रमन्त्री ज्ञवालीले ट्वीटरमार्फत उल्लेख गरेका छन् ।
एकीकरणपछि गठित दलले उपनिर्वाचनमा पुनस् दल दर्ता गर्नुपर्ने व्यवस्था अनुसार निर्वाचन आयोगले सूचना प्रकाशित गरे अनुसार बिहीबार बसेको नेकपा सचिवालय बैठकले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो।