२ मंसिर २०८१, आईतवार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।
आइतबार दिउँसो सुरु भएको संसद बैठकमा कांग्रेसले गत बिहीबार बाँकेको नेपालगञ्जमा कांग्रेस नेता कार्यकर्तामाथि भएको आक्रमण र गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै बैठक अवरुद्ध पारेकाे हाे ।
बैठकमा बोल्दै प्रमुख सचेतक बालकृष्ण खाँणले घटनाका दोषीहरूलाई सरकारले कारबाही गर्न नचाहेको र प्रहरीले किटानी जाहेरीसमेत नलिएको भन्दै तत्काल कारबाही सुरू गर्ने प्रक्रिया थाल्न आग्रह गरेका थिए। त्यस्तै सचेतक पुष्पा भुसालले सरकारले सत्ताको उन्मादका कारण हो वा असफल भएर हो भन्दै प्रश्न उठाइन् ।
अर्का सांसद गगन थापाले कांग्रेस सांसद गगन थापाले सरकारले वास्तविक अपराधी नेकपाका कार्यकर्ता रहेको र तिनलाई कारवाही हुनेमा आश्वस्त नपारेसम्म संसद् चल्न नदिने बताए ।
कांग्रेसको प्रश्नमा गृहमन्त्री राम बहादुर थापाले बाँके घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्दै घटनामा संलग्नलाई कारबाहीको प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले घटनामा संलग्न ३ जनालाई शनिबार नै पक्राउ कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिदैं कानून मिच्ने र शान्ति सुरक्षालाई खलल बनाउने कुराहरु प्रति सरकार रहेको बताए ।
सभामुख कृष्णबहादुर महराले यो विषयमा गृहमन्त्रीले जवाफ दिइसकेको र यस विषयमा सरकारले कदम चालेको बताइरहेका बेला बैठक अवरुद्ध नगर्नुहुन आग्रह गरेपनि कांग्रेस सांसदहरुले विरोध जनाएपछि बैठक स्थगित भएको छ ।
अर्को बैठक १० मिनेपछि बस्ने भन्दै सभामुख महराले बैठक स्थगित भएको जानकारी गराए ।
गत बिहीबार बाँकेको खजुरामा कांग्रेसको जागरण कार्यक्रममा आक्रमण हुँदा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो ।