२ मंसिर २०८१, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।
आइतबार साँझ प्रमुख प्रतिप्रक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुलाई विवादित नागरिकता विधेयक लगाएतका विषयमा छलफलका गर्न बालुवाटार बोलाएका हुन् ।
नागरिकता ऐन २०६३ को प्रावधानसहित नागरिकता विधेयक पारित गर्नुपर्ने कांग्रेसले माग राख्दै आएको छ । संसदको राज्य व्यवस्था समितिमा कांग्रेसका सांसदहरुले फरक मत राखेपछि शीर्ष नेताबाट टुंगाउनेगरि शनिबार बसेको बैठक सकिएको थियो । यही मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले भेटको कार्यक्रम तय गरेको बताइएको छ।