२ मंसिर २०८१, आईतवार
प्रधानमन्त्रीनिवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार जना नेताहरूको बैठक अहिले जारी रहेको छ।
उक्त बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी रहेका छन्।
चार जना नेताहरूको बैठकले पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंग्याउने विषयमा छलफल गरिरहेको छ।
गत साल जेठमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा अझै केही आयोग र मञ्चहरूमा नेतृत्वको टुंग्याउन बाँकी छ।
चार नेताहरूको बैठकले अब बस्ने पार्टी सचिवालय बैठकमा ती विषय टुंग्याउनेबारे छलफल गरेको बालुवाटार स्रोतले बताएको छ।
स्रोतका अनुसार सचिवालय बैठक मंगलबार बस्ने सम्भावना छ।