प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

होमल्याण्ड खबर

२०७६ आश्विन २ गते, बिहीबार १०:०२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसद्का दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई दिउँसो साढे २ बजे सम्बोधन गर्नेछन् भने राष्ट्रिय सभालाई त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि केही विधेयकहरु प्रस्तुत गर्ने तयारी छ ।

प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए ।