२ मंसिर २०८१, आईतवार
चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्ग ताओ सोमबार नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चीनका राजदूत होउ याङ की, नेकपाका नेताहरु बेदुराम भूषाल र विष्णु रिजालले स्वागत गरेका थिए ।
नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको आतिथ्यतामा उनी नेपाल आएका हुन् । उनले आजै नेकपाका नेताहरुलाई चीनका राष्ट्रपति सी जिनपिङ्गको विचारका बारेमा प्रशिक्षण दिँदैछन् ।