२ मंसिर २०८१, आईतवार
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच औपचारिक सम्बन्धको सुरुवात भएको छ ।
मंगलबार काठमाडौंको होटल म्यारिअटमा विदेश विभाग प्रमुख माधव नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच समझदारी–पत्रमा हस्ताक्षर भएसँगै औपचारीक सम्बन्धको सुरुवात भएको हो ।
उक्त कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि उपस्थिति थियो । समझदारीपत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, भ्रमण र गोष्ठीहरू गर्ने विषय समेटिएको बताइएको छ ।
तत्कालिन एमाले र माओवादीबीच छुट्टाछुट्टै रुपमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहँदै आएकोमा पार्टी एक भएपछिको यो नयाँ औपचारीक सम्बन्धको सुरुवात हो ।