सरकारमै बसेर बिरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठाः गगन थापा

होमल्याण्ड खबर

२०७६ आश्विन ७ गते, मंगलवार १४:३३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् ।

मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सरकारमै बसेर बिरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठा भएको बताएका हुन्।

उनले अधिकारको नाममा लडिरहेको जस्तो देखाउने र जनतालाई भ्रममा पार्ने काम प्रदेश सरकारलाई नगर्न आग्रह गर्दै अहिलेको संविधानमा केही कमिकमजोरी रहेपनि संविधानको रक्षा गर्दै संशोधनका लागि कांग्रेस अघि सर्ने बताए ।

त्यस्तै उनले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्ड समेतले मुलुक र व्यवस्था खतरामा रहेको भन्नू लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्न आतुर रहेको आरोप लगाए ।