ह्याकरले फेरि लुटे कृषि विकास बैंकबाट डेढ करोड, रकम निकाल्दा–निकाल्दै तीन पक्राउ

होमल्याण्ड खबर

२०७६ आश्विन ८ गते, बुधबार १०:१२ मा प्रकाशित

ह्याकरले फेरि लुटे कृषि विकास बैंकबाट डेढ करोड, रकम निकाल्दा–निकाल्दै तीन पक्राउह्याकरको समूहले सिस्टम ह्याक गरेर कृषि विकास बैंकबाट रकम चोरी गरेका छन् । ह्याकरको समूहले कृषि विकास बैंकको करिब डेढ करोड रुपैयाँ चोरी गरेका हुन् ।

नेपाल प्रहरीले ह्याक गरी रकम निकाल्दा–निकाल्दै तीन जना ह्याकरलाई काठमाडौंबाट मंगलबार पक्राउ गरेको छ ।

उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियो भन्नेबारे पनि केही बताएको छैन ।

प्रहरीले यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले झण्डै २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए ।