९ मंसिर २०८१, आईतवार
कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप १ जना पक्राउ परेका छन् । स्याङ्जाका स्थानीय रामकृष्ण भुसाललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले पक्राउ गरेको हो ।
कृषि विकास बैंकबाट ह्याक भएकोमध्ये भुसालको खातामा ६५ लाख रुपैयाँ रकम ट्रान्सफर भएको देखिएको थियो । प्रहरीले ह्याक भएको रकम ट्रान्सफर भएका खाताको विवरण अध्ययन गरेर भुसाललाई पक्राउ गरेको हो ।
पक्राउ परेका भुसाल निर्माण व्यवसायी (ठेकेदार) हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कृषि विकास बैंकको सिस्टम हृयाक गरेर ठूलो रकम निकालिएको थियो । प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख रुपैयाँ निकालिएको बुझिएको छ ।