९ मंसिर २०८१, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद्मा आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै हुनहुन्छ । चैत २३ देखि भारतको ३ तीने भारतको राजकीय भ्रमणमा निस्कन लाग्नु भएका प्रधानमन्त्री ओलीले भारत भ्रमणका बारेमा जानकारी गराउनु हुने छ । साथै उहाँले सरकार सञ्चालनका विषयमा पनि संसद्मा दिउँसो १ बजे बिशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकार सञ्चालनको अवस्था, भारत भ्रमण लगायतका विषय समेट्ने तयारी गरिएको छ । ओलीले सरकार सञ्चालन गरेपछि पहिलो पटक भारतबाट आफ्नो विदेश भ्रमण सुरु गर्न लाग्नु भएको छ । संसद्को चालु अधिवेशनमा प्रधानमन्त्री ओलीको यो पहिलो सम्बोधन हो ।