९ मंसिर २०८१, आईतवार
अरनिको राजमार्गका ११ वटा समितिले सेवा अवरुद्ध गरेपछि साझाले भने विस्तार गरेको छ । काभ्रेका यात्रुहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर रत्नपार्कबाट बनेपासम्म तत्कालका लागि सेवा विस्तार गरिएको साझाले बताएको छ ।
काठमाडौंबाट बनेपासम्म मयुर यातायातले रुट अनुमति पत्र पाएपछि समितिहरु आन्दोलित भएका छन् । साझा यातायातले यसअघि भक्तपुर सम्म रुट विस्तार गर्दा व्यवसायीले बिरोध गरेका थिए । ब्यवसायीकै विरोधका कारण बनेपासम्म जाने साझाको इच्छा पुरा भएको थिएन । अहिले व्यवसायी सेवा अवरुद्ध गरेर मयुर यातायात विरुद्ध उत्रिए पछि यातायात व्यवस्था विभागले जुनसुकै बसलाई बनेपा सम्म रुट इजाजत दिने निर्णय गरेको छ ।
यही मौकामा साझले सर्वसाधाराणलाई रहात दिने गरी बनेपासम्म सेवा विस्तारको निर्णय गरेको हो ।