२ मंसिर २०८१, आईतवार
राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहलाई गरिएको पक्राउ विरुद्ध जनकपुरमा युवाहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।
राज्यले षडयन्त्रपूर्वक सांसद साहलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै मंगलबार साँझ राजपा निकट विद्यार्थी तथा युवा संगठनले रामानन्द चोकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा युवाहरुले बुद्ध एयर र सरकार विरुद्धमा चर्को नाराबाजी गरेका छन् ।
सांसद साहलाई यथाशीघ्र रिहा नगरिए कडा आन्दोलन गर्ने राजपा प्रदेश दुईका प्रमुख सचेतक एवं प्रदेश सभा सदस्य परमेश्वर साहले चेतावनी दिए ।
जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा राजपा सांसद साहलाई काठमाडौंबाट पक्राउ गरी जनकपुर ल्याइएको छ ।