विप्लवको बैठकमा प्रहरीको छापाः २१ नेता तथा कार्यकर्ता पक्राउ

होमल्याण्ड खबर

२०७६ आश्विन ३० गते, बिहीबार १०:१७ मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

दाङको राजपुर–४ मुंग्रेटा खोलामा राप्ती ब्यूरोको बैठक बसिरहेका बेला बिहीबार बिहान १ बजे पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिप्लवका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन लगायतका रहेका छन् ।

पक्राउ परेका वीरजंग पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु हुन् । अहिले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदैछ ।