प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवन प्रयोग भएको छ: अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७६ आश्विन ३० गते, बिहीबार १५:२२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको जिकिर गरेका छन् ।

नेकपाको चितवन जिल्ला समितिले दशैं, तिहारलगायतका चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सोही कार्यक्रममा फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको पनि प्रचण्डले बताएका छन्।

प्रचण्डले रवि लामिछाने समर्थकको आन्दोलन, ज्ञानेन्द्र शाहीको अभियान र कुटपिट तथा निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपा समर्थक उम्मेदवार पराजयसँगतर्फ संकेत गर्दै यसो भनेका हुन् ।