२ मंसिर २०८१, आईतवार
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
आज एक बिज्ञप्ती जारी गर्दै श्रमिक जनताको अधिकार, देशको स्वधिनता, भ्रष्टाचार, करछलि, महङ्गी, तस्करीको बिरुद्द लडिरहेका नेता तथा कार्यकर्तामाथीको दमनको कडा प्रतिरोध गर्ने बताएको हो ।
विज्ञप्तिमा भनिएको छ, सरकार असफल भएपछि जनवादी शक्तीबिरुद्द निरङ्कुस, सर्बसत्तावादी र फासिवादी बन्दै गएको आरोप समेत लगाईएको छ । बिज्ञप्तिमा भनिएको छ, “ हाम्रो समाजबादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्ने छैन, जसले रोक्न खोज्छ अन्तिममा उ नै खरानी हुनेछ ।”