११ मंसिर २०८१, मंगलवार
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) समूह चरणको तेस्रो खेलमा चेक रिपब्लिकको क्लब शाल्भिया पाराहसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । पाराहको घरेलु मैदानमा उत्रँदा बार्सिलोना लगातार दोस्रो जितको खोजिमा हुनेछ ।
यता पाराह लिगमा पहिलो जितको खोजिमा हुनेछ । पाराहले यसअघिको दुबै खेल मध्य एक खेलमा जित र एक खेलमा बराबरी निकालेको छ । बार्सिलोना दुई खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । भने पाराह एक अंक सहित तालिकाको पुछारमा छ । यसै समूहको अर्काे खेलमा बोरुसिया डर्टमण्ड र इन्टर मिलानले प्रतिस्पर्धा गर्दैछन् ।