११ मंसिर २०८१, मंगलवार
लिभरपुलले युइउफएफ च्याम्पियन्स लिगमा शानदार जित निकालेको छ ।
बुधबार राति भएको समूह ईको खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले बेल्जियमको जिन्कमाथि उसैको मैदानमा ४–१ को शानदार जित निकालेको हो ।
लिभरपुलका लागि एलेक्स ओक्सलाडे चेम्बरलेनले दुई, साडियो माने र मोहमद सलाहले एक एक गोल गरे । जिन्कका लागि स्टेफन ओडेले एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै चेम्बरलेनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा चेम्बरलेनले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ७७ औ मिनेटमा साडियो मानले गोल गर्दै लिभरपुललाई ३–० ले अघि बढाए ।
८७ औ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ४–० को अग्रता दिलाए । यस्तै, ८८ घरेलु टोली जिन्कका ओडीले गोल गर्दै खेलमा गोल अन्तर घटाएका थिए ।
जितसँगै समूह ‘इ’ मा लिभरपुल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित जिन्क १ अंकसहित पुछारमा छ ।
यहि समूहको अर्को खेलमा इटालियन क्लब नेपोलीले अष्ट्रियन क्लब साल्जवर्गलाई ३–२ ले पराजित गरेको थियो ।
जितसँगै नेपोली ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा तथा साल्जवर्ग ३ अंकससहित तेस्रो स्थानमा छ ।